मृगौला दान गरेको मानिस अरु भन्दा धेरै बाच्छ: डाक्टर श्रेष्ठ

151

रोजिना सन्जेल

भक्तपुर । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले मृगौला दान गरेको मानिस अरु भन्दा धेरै बाच्ने बताएका छन् । केन्द्रले शुक्रबार भक्तपुर आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम डा. श्रेष्ठले भने “किन भने मृगौला दान गरेको मानिसले नियमित स्वास्थ्य जांच हुने भएका उहाँहरु स्वास्थ्य राम्रो हुन्छ ।”

केन्द्रले अहिलेसम्म ८९२ जनाको मृगौला प्रत्यारोपण यो महिनाभित्र ९ सय जनाको हुने उनको भनाई छ । नेपालमा करिब ३ हजार मृगौला रोगी रहेको र ३० हजार मानिस केही न केही मृगौलाको रोगबाट पीडित रहेको डाक्टर श्रेष्ठले जानकारी दिएका छन् । केन्द्रले २/३ जनाको दैनिक प्रत्यारोपण गर्दै आइरहेको र १ सय जनाको डाइलोसियस गर्दै आइरहेको जानकारी दिए ।

“मस्तिष्क मृत्यु भएकाहरुको अङ्ग दान गर्न सकेको खण्डमा धेरैको जीवनलाई बचाउन सकिन्छ, डाक्टर श्रेष्ठले भने । दुर्घटना वा अन्य कारणले मस्तिष्क मृत्युहरुकाहरुको छाला, फोक्सो, मृगौला, मुटुलगायतका अङ्ग अन्यलाई दान गर्न सकिन्छ, त्यसकोलागी जनचेतना जगाउन सबै क्षेत्र लाग्नु पर्ने उनको भनाई छ । “नियमित स्वास्थ्य चेक जांच गरेमा धेरै प्रकारका रोगबाट बच्न सकिन्छ,” डाक्टर श्रेष्ठले भने ।