काभ्रेपलान्चोक । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ मा बस दुर्घटना भएको छ । बिहिबार दिउँसो अपाङ्ग बाल अस्पताल नजिक अपाङ्ग बाल अस्पतालका कर्मचारी बाेकेकाे बा. १ क ५७४७ नम्बरको गाडि दुर्घटना भएको काभ्रेपलान्चोकका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभएको छ । अहिलेसम्म ३० जना घाइते भएको जानकारी आएको छ । यस थप विवरण आउन बाकी रहेको छ । घाइतेहरुको उपचार भइ रहेको छ ।
काभ्रेपलान्चोकका पत्रकार देबराज केसीले सार्वजनिक गर्नु भएको तस्वीर हेर्नुस्