आज असार १५ः धान दिवस मनाउदैं दहि चिउरा खाइने

511
तस्विरः गूगल

काठमाडौ । आजको दिनलाई किसानहरुले विशेष रुपमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाउँछन् । ग्रामिण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने शहरीयाहरु पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाउछन् । आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन । ग्रामीण क्षेत्रहरुमा आजबाट रोपाइ शुरु गरीन्छ र दही चिउरा खाजाको रुपमा खाने चलन पनि रहेको छ ।

सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिएको छ । दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ ।

यस्तो छ दहि चिउरा खानुको फाइदा

–दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ,

–दही चिउराले मांशपेसी बलियो बनाउँछ,

– रोग प्रतिरोधात्मक क्षेमता बढाउँछ,

–पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ ,

–दही चिउराले शक्ति प्रदान गर्छ,