भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी शोभा प्रधान (बिजुक्छे)को उपचारका क्रममा आज अपराह्नमा ललिलतपुरको एक अस्पतालमा निधन भएको छ । लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत प्रधानको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय प्रधानको नेमकिपाका अध्यक्ष बिजुक्छेंसँग २०४० मा विवाह भएको थियो । उहाँहरुका दुई छोरा हुनुहुन्छ ।