विराटनगर । आफ्नो साथी भेटन शुक्रबार घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् । शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए । युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ । प्रहरी नियन्त्रणमा रहेका युवकहरुले अफरोजको हत्या गरी शव बूढीखोलामा फालेको बयान दिएका छन् । बयानका आधारमा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ । ‘पक्राउ परेकाहरुको बयानका आधारमा राति बूढीखोलाको पुलमुनि खोजी गरियो, तर एक्कासी बाढी आएपछि गाह्रो भयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले आज बिहानैदेखि खोजी भइरहेको छ ।’