काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारमुद्दा दायर गरेको छ । आयोगले भण्डारीमाथि गैरकानूनी सम्पत्तिआर्जनको अभियोग लगाएको हो । तर उनको खर्च र लगानी ९जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैंया पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भण्डारीले भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चया कोषबाट लिएको ऋण र जागिर शुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दावी गरेका थिए । तर अख्तियारले त्यो दावी स्विकार गरेन र, ६ करोड २४ लाख ६५ हजार रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ ।
विशेष, अदालतमा दायर मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैंया बिगो कायम गरेको छ । उनकै साथमा रहेको सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न माग गरेको छ ।
भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको बरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको अवधिमा जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैंया आर्जन गरेका थिए ।