भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले आफ्नो भन्दापनि समुदायको हित सोच्नु पर्ने बताउनु भएको छ ।
शुक्रबार आफ्नो कार्यकक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँ देश र समुदाय हित चाहाने हो भने आफ्नो बारे सोच्न नहुने बताउनु भयो ।
विगतका भएका कमिकमजोरीलाई सुधार गर्दै यो आफ्नो कार्यकाल नगरपालिकाको विकाकोलागि खर्चने उहाँको भनाई छ । अघिल्लो कार्याकालमा ११० किलोमिटर सडक पक्की बनाएको र ३५ वटा भन्दा धेरै विद्यालय भवन निर्माण भएको उहाँले जानकारी दिनु भयो ।
नगरपालिका प्रवक्ता एवंम ७ नं. वडाअध्यक्ष रविन्द्र सापकोटाले संचारकर्मीबाट आएको सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रवक्ता सापकोटाले भन्नु भयो ‘हामी एउटा सूचना डेक्सनै बनाएर गरेका कामहरुको विवरण संचारकर्मी समक्ष ल्याउछौैै ।’
सो अवरसरमा उपस्थित संचारकर्मीहरुले सूचना सार्वजनिक गर्नमा आनाकानी गर्नु नहुने बताए । पत्रकार महांसंघको संस्थागत विकाशकोलागि सूर्यविनायक नगरपालिकाले विगतमापनि साथ सहयोग गरेकाले आगामी दिनमापनि दिनेमा आफुहरु ढुक्क भएको उनीहरुको भनाई छ ।