प्रधानमन्त्री चढेको हेलिकोप्टरमा इन्धन सकिएपछि…..

243

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका थिए । इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो । सामान्यतया गन्तब्यसम्म पुग्नका लागि पर्याप्त इन्धन भरेर मात्रै उडान भर्ने गरिन्छ । एक उच्च प्रहरी अधिकारीका अनुसार विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गरेका थिए ।

#यसअघि अन्य तस्विर पर्न गएकोमा क्षमाप्रार्थी छौं । -सम्पादक