सडकमा देखिएको धुलो सफा गर्न काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन

285

काठमाडौं : काठमाडौं महानगरपालिकाले (भोलि) बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ। सडकमा देखिएको धुलो सफा गर्नका लागि ब्रुमर सञ्चालन गर्न लागेको हो। यसअघि बिग्रिएर थन्किएका ब्रुमर मर्मत गरी आज ५ वटा ब्रुमरले सफाइ गरिरहेको महानगरपालिकाका मेयर बलेन साहले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर साहले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। तत्काल पाँचवटा ब्रुमरले काम गरी रहेकोमा भोलिदेखि ४ वटा ब्रुमरले सडकको धूलो बढार्ने महानगरपालिकाले जानकारी दिएको छ। महानगरका ब्रुमरहरू यसअघि बिग्रिएर थन्किएका थिए। वर्षाका कारणले ब्रुमर सञ्चालनमा केही समस्या आए पनि धूलो धुँवा कम गर्न सहयोग हुने महानगरले जनाएको छ।