सरकारी कर्मचारीले काम गरेनन् ? यसो गर्नुहोस्

257

काठमाडौं । तपाई सेवा लिन विभिन्न सरकारी कार्यालय जानु पर्ने हुन सक्छ । तेहाँ सम्पूर्ण कागजपत्र हुदाँ पनि कर्मचारीले काम गर्न आनाकानी गरिहरेका छन् । त्यसो गरिरहेका छन् भने त्यस कार्यालयको तपाईको काम कुन शाखामा हो शाखा प्रमुखलाई भेटनुहोस् । उहाँ बाट चित्त बुझ्दो जवाफ आएन भने त्यस कार्यालयका सूचना अधिकारीलाई सोधनुहोस् ।

तेती गर्दापनि तपाईको कानुनी प्रक्रिया पुगेका काम भएन भने त्यस कार्यालयका प्रमुखको कार्याकक्षमा जानुहोस् । उहाँलाई सबै कुरा भन्नुहोस् । उहाँबाट के निर्देशन आउँछ ? बिचार गर्नुहोस् । सबै कुरा नागरिकबडा पत्रमा लेखेको पुरा गर्दा पनि सरकारी कार्यालयले काम गरेनन् दुःख दिए सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गर्नुहोस् ।

सरकारी कर्मचारीले प्रक्रिया पुगेका काममा ढिलाई गरे वा अन्य मनसाय राखे भने के गर्ने ?

पहिलो चरणः आफु के कामको लागि कुन कार्यालय जादैं हुनुहुन्छ ? आवश्यक कागजपत्र लिएर जानुहोस् ।

दोस्रो चरणः कार्यालयमा पुगेपछि तेहा रहेको नागरिक बडापत्र हेर्नुहोस् । बडापत्रमा उल्लेख गरिको कागजपत्र आफुसंग भए तोकिएको कोठमा जानुहोस् ।

तेस्रो चरणः लाइनमा आफुपनि बस्नुहोस्, पालो आएपछि कागजपत्र देखाउनु होस ।

चौथों चरणः प्रक्रिया अगाडी बढ्यो भने बुझुनु तपाईको काम सुरु भयो । भएन, मिलेन भन्ने जवाफ आयो ?

पाचौं चरणः काममा रहेका कर्मचारीलाई धैर्यसंग सोध्नुहोस्, के भएर भएन सर ? के-के कागज पुगेन ?

छैठौं चरणः जवाफ के आयो ? एक पटक बडापत्र फेरि हुर्नुहोस् । तपाईसंग सम्पूर्ण प्रक्रिया पुग्ने कागपत्र भए किन काम भएन माथिको कार्य सुरु गर्नुहोस् ।

-कर्मचारीको नियत गलत रहेको लागेमा सीडीओ वा अख्तीयार कार्यालयमा उजुरी गर्नुहोस तर, कसैलाई दुखदिने मनशायले चाही यसो गर्नु हुदैंन नी तपाई .आफै कानुनको फन्दामा पर्नुहुन्छ ध्यान दिनुहोस् ।

-आफ्नो काम किन भएन ? जान्न पाउनु तपाईको अधिकार हो । सूचनाको हक हो । तर, आफ्नो अधिकार माग्दा अरुलाई हानी भने गर्नु हुदैंन ।

याद गर्नुहोस्ः मुख्यतया यातायात कार्यालय, मालपोत, नापी, भूमिसुधार, भन्सारकार्यालयमा बिचौलीबाट बच्नुहोस्