बागेश्वरीमा स्वास्थ्य शिविर सम्पन्न, तस्विरमा हेरौं

274

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । बोगश्वरीको वडा नजिकै बाँसबारी सामुदायीक सेवा समाजको आयोजनमा शनिबार बिहानबाट सुरु भएको शिविरको उद्घाटन नेकपा एमालेका नेता महेश बस्नेतले गरेका थिए । भक्तपुर इन्टरनेशनल हस्पीटलको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा बाल रोग, स्त्रीरोग, हाडर्जोनी तथा नशालगायतका रोगहरुको जाँच तथा निशुल्क रुपमा औषधी समेत वितरण गरिएको छ । बाँसबारी सामुदायीक सेवा समाज अध्यक्ष तथा युवा समाजसेवी प्रकाश लामिछानेका अनुसार शिविरबाट करिव ३ सय जना लाभान्वित भएका छन् ।

तस्विरमा हेरौं