काठमाडौँ । काठमाडौं महानगरपालिका र स्थानीयबीच सहमति जुटेको छ। उपत्यकाको फोहोर अबदेखि रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी दुवै पक्षबीच सहमति भएको हो । बिहीबार राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो।
बैठकमा आन्दोलनरत स्थानीयदेखि स्थानीय वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो ।
यसअघि त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए । सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका- १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, ककनी गाउँपालिका – २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका – १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका – ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै शुक्रबारदेखि नै फोहोर बिसर्जनका लागि जाने गाडीलाई स्थानीयले अवरोध गर्ने छैनन्।