काठमाडौं । किसानले खेतमा धान रोप्ने समय सुरु भइसकेको छ । तर, धेरै स्थानमा रसायनीक मलको अभाव देखिएको छ । सरकारले समयमै मल उपलब्ध नगराउने हो भने किसानले रोपेको धान पराल मात्रै हुने देखिन्छ । त्यसैले काभ्रे जिल्लाका किसानहरुले बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमगाईलाई प्रश्न गर्न थालेका छन् । उनीहरुले सामाजिक संजाल मार्फत मन्त्री हुमगाई मन्त्री ज्यू मल खै भन्ने प्रश्न सोध्न थालेका छन् ।
सामाजिक संजालमा के लेखियो……….
माननीय मन्त्री ज्यु,नमस्कार ! मन्त्री भएपछि बधाई दिएको थिए । काभ्रेली माटो फेरिने आभाष गरेको थिए । आजसम्म तपाइँको बारेमा एउटा पनि नकारात्मक टिप्पणी गरेको छैन । हाम्रा मतले बिजयी हुनु भयो,आज एउटा प्रश्न सोध्दैछु । काभ्रेपलान्चोक जिल्लाका किसानले मल कहिले पाँउनुहुन्छ । कृपया जानकारी गराइ दिए आभारी हुने थियौं । एक मतदाता,संचारकर्मी आम नागरिक र किसान । कृपया नकारात्मक र वेवेकहिन टिप्पणी नगरी दिनुहोस् ।