जेठ ८,
काठमाडौं : नेपाल भ्रमणमा रहेकी अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकारसम्बन्धी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।
शुक्रबार काठमाडौं आएकी जियासहितको टोलिले आज बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो। उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए। भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको बताइएको छ। आज स्वदेश फर्कनु पहिले उनले आइतबारै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ। उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व सहित काठमाडौंमा रहेकी छन्।जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन्। भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन्। भारत हुँदै काठमाडौं आएकी जियाले यहाँ आउनु पूर्व भारतमा निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन्।