काभ्रे । हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना कार्य काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सुरु भइसकेको छ । यस नगरपालिकामा एमालेका वडा अध्यक्षका उम्मेदवार शिब प्रसाद ढकालले २५७ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।
उनलाई पछ्याउदैं नेपाली कांग्रेसका उम्मेदवार बुद्धिमान तामाङ्ले २०४ र नेकपा एकिकृत समाजबादी र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार लक्ष्मण बस्ताकोटीले ११९ मत ल्याएका छन् ।
वडा सदस्यहरुमा पनि एमालेकी सरिता दुलाल बस्ताकोटीले २६१, सुन्तली बि.कले २५९, पदम बहादुर तामाङ्ले २३५ र सन्ताोष ढकालले २५१ मतका साथ कांग्रेसका उम्मेदवारलाई पछाडी पारिरहेका छन् ।