भेरी नदी किनारमा एक पुरुषको शव फेला

117
सांकेतिक तस्विर

बैशाख २७,

सल्यान : भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको कुमाख गाउँपालिका ४ स्याला स्थित भेरी नदी किनारमा अन्दाजी २४ वर्षीय पुरुषको सोमबार साँझ शव फेला परेको हो।
मृत्तक जाजरकोट भेरी नगरपालिका मैदी घर भई हाल रुकुम आठबिसकोट नगरपालिका ११ चिसापानी बस्नै विर्खे कामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। वैशाख २१ गते जाजरकोट भेरी नगरपालिका ४ मेटलामा आफन्तको विवाहमा जन्ती गएको समयमा भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। उनको खोजी कार्य गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ।