‘म जनताको वडा अध्यक्ष बन्ने छु’

158

भक्तपुर । मनोज के.सी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् । युवा जोश जागरका साथ चुनावी मैदानमा उत्रिएका के.सी पार्टी निकट युवा संघबाट राजनितिक जिवन सुरु गरेको बताउँछन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा थोरै मतले पराजित भएका उनी यो पटक भने बहुमत मतका साथ बिजयी हुने दाबी गर्दछन् ।

उनले भने ‘मैले वडा अध्यक्षमा हारेर पनि निरन्तर जनताको सेवामा काम गरिरहेको छु, विकाश निर्माण सधै लागि परेकाले यसपाली वडा नं. २ का बासिन्दाले सहयोग गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

के.सीका चुनावी एजेण्डा
-हरेक टोल र बस्तीमा पक्की सडक बनाउने
-फोहोर मैलाको उचित व्यवस्थापन गर्ने
-खानेपानीको समस्या हटाउन पहल गर्ने
-सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्ने
-केएमसी अस्पतालमा दुवाकोटबासीलाई छुटको व्यवस्था गर्ने

को-को छन् उम्मेदवार
एमालेबाट नगरप्रमुखमा विना बास्तोला, उपप्रमुखमा रमेश बुढाथोकी वडा नं. २ को वडा अध्यक्षमा मनोज के.सी, महिला सदस्यमा राधादेबि माकाजु, दलित महिला सदस्यमा सीता मिजार, वडा सदस्यमा उमेश प्रधान र टेक बहादुर लाखाजु रहेका छन् ।