छालिङ्गलाई नमूना वडा बनाउछु : अश्विन गिरी

348

भक्तपुर । नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार हुन अश्विन गिरी । उमेर भर्खरै २८ वर्ष लागेका गिरी १९ वर्षको उमेरदेखि समाजसेवामा सक्रिय छन् । उनले राजनिती शास्त्रमा स्नातक तह अध्ययन गरेका छन् । गिरी आफ्नो जन्मथलोल छालिङ्गलाई नमूना वडा बनाउने र चाँगुनारायण नगरपालिकालाई नै देशभर उत्कृष्ट बनाउन युवा नेतृत्व चाहिन्छ बताउछन् ।

पार्टी निकट युवा सगठनको विभिन्न जिम्मेवारीमा रहदैं यहिँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा उनी वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । पार्टीको चुनावी घोषणा पत्रलाई आत्मसाथ गर्दै उनले पनि वडाभित्र आफु निर्वाचित भएमा पाँच वर्षमा नमूना कार्य गर्ने बताए ।

युवाहरुले नेपालमै सम्भावना देखेर काम गर्नु पर्दछ, यहाँ नै कृषि र पर्यटनका काम गर्ने हो भने विदेशमा गएर पसिना बगाउनु पर्दैैन गिरी भन्छन् । नेपालमा अवसर धेरै छ क्षणिक लाभ देखेर परदेश जानु भन्दापनि स्वदेशमै रोजगारी सिर्जना गर्न युवाहरु लाग्नु पर्ने उनको भनाई रहेको छ ।

के–के छन् गिरीका चुनावी एजेण्डा ?
-पाँच वर्षभित्र नमूना वडा बनाउने ।
-कृषिलाई आधुनिकीकरण गर्ने ।
-युवालाई रोजगार मुलुक बनाउने ।
-पर्यटनको संम्भावनालाई मूर्तरुप दिने ।

को-को छन् उम्मेदवार ?
एमालेबाट नगरप्रमुखमा विना बास्तोला, उपप्रमुखमा रमेश बुढाथोकी वडा नं. ५ को अध्यक्षमा अशिवन गिरी, महिला सदस्यमा नन्दा कार्की, दलित महिला सदस्यमा उर्मिला नेपाली, वडा सदस्यमा देबि नगरकोटी र श्याम बहादुर बाटा रहेका छन् ।