सत्ता गठबन्धनका दलहरुबीच आज पनि छलफल

43
g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s z'qmaf/ nlntk'/l:yt kf6L{ s]Gb|Lo sfof{no ;g]kfdf a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बैशाख ११,
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि तालमेलको निर्णय गरेका सत्ता गठबन्धनका दलहरुबीच आज पनि छलफल हुने भएको छ। तालमेल मिलाउन गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेर विवाद रहेका स्थानीय तहमा भागवण्डा मिलाउने अन्तिम प्रयास गर्न लागेको हो। अहिले केहीबेरमा बालुवाटारमा बस्ने बैठकले भागवण्डा नमिलेका स्थानीय तहमा मिलाउने प्रयास गर्ने र नमिले मित्रवत् प्रतिस्पर्धाको निर्णय गर्ने तयारी गरेको छ। समितिको बैठकपछि आजै दिउँसो १ बजे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गर्ने तयारी छ। सत्तागठबन्धनमा आबद्ध दलहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा भागवण्डा गर्ने निर्णय भइसकेको छ भने अन्य स्थानीय तहमा भागवण्डाको जिम्मेवारी जिल्लास्तरीय संयन्त्रलाई दिइएको छ। तर ती संयन्त्रले भागवण्डा मिलाउन नसकेपछि धेरैजसो पालिकामा गठबन्धनका दलहरुले आ–आफ्ना उम्मेदवार बनाएर प्रचार थालिसकेका छन्।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय दिएकाले दलहरु आज साँझसम्म सहमतिमै उम्मेदवार टुंगो लगाउने कसरतमा जुटेका छन्। यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले पनि अधिकांश स्थानीय तहका उम्मेदवारको टुंगो आज लगाउने भएको छ। हिजो बसेको एमाले सचिवालय बैठकले ५ महानगर र नौ उपमहानगरमा उम्मेदवार टुंगो लगाएको थियो। एक महानगर र दुई उपमहानगरमा आज टुंग्याउने भएको छ।