पाकिस्तानमा आगलागी : ५० घरमा क्षति

60
सांकेतिक तस्विर

बैशाख ७,

पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ। मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्। आगलागीबाट ५० घरमा क्षति भएको छ। घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। घरको भान्साबाट सल्किएको आगो हुरीका कारण फैलिएपछि गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। मृत्यु भएका सबै बालबालिका रहेका छन्। स्थानीय समयानुसार मंगलबार राती ९ बजे आगलागी सुरु भएको थियो।