बैशाख ६,
काठमाडौं : निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते नै सकिने बताएका छन्। नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले मंगलबार आयोजना गरेको मिडियासँग अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधिकारीको म्याद सकिने बताएका हुन्। म्याद सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद सकिनुअघि नै मिति घोषणा भइसकेकाले चुनावको तयारी अघि बढेको उनको भनाइ छ। उनले महिला उम्मेदवारीलाई प्राथमिकता दिन पनि आग्रह गरे। एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ।













