भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले नव वर्ष २०७९ साल तथा विस्का जात्राको अवसरमा मिति २०७९ वैशाख ५ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष गंगाराम मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रमका अवसरमा संघले प्रकाशन गरेको विक्रम संवत २०७९ सालको टेबुल क्यालेण्डर समेत विमोचन गरिएको हो । अध्यक्ष मानन्धरले भक्तपुर जिल्लाका विद्युतीय सामग्री व्यवसायीहरुको हक हित र प्रवद्र्धनका लागि संघ निरन्तर क्रियाशिल रहेको बताए ।
संघबट प्रकाशित नव वर्ष २०७९ सालको क्यालेण्डर संयुक्त रुपमा विमोचन गर्नु हुँदै संघका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धर, पूर्व अध्यक्ष एवं सल्लाहकारहरु रोशन भोयद्यो, पुण्यराम खाताखो, माधव प्रसाद प्रजापति, सल्लाहकार शिव प्रसाद मानन्धर, सल्लाहकार दिनेश बहादुर धौबन्जार र भक्तपुर मोबाइल व्यवसायी संघका अध्यक्ष श्याम सुन्दर नगरकोटीले संघको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । उक्त क्यालेण्डर प्रकाशन तथा विमोचन कार्यक्रमको संयोजन संघका सचिव अल्बर्ट बज्राचार्यले गरेका थिए ।














