मनाङ । नेपाली कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔं अभियान अन्तर्गत मनाङ जिल्ला कार्य समितिले २८ वटै वडामा जिल्ला प्रतिनिधि चयन गरेको छ ।
फागुन २९ देखि चैत्र २९ गते सम्म जारी रहने १ महिने अभियानका लागि कार्यक्रम अवधिभर सोही वडामा रहेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई जिताउने गरी सम्पुर्ण पार्टी पंक्तिलाई परिचालन गरिने जिल्ला सभापति शंकर गुरुङले बताएका छन् ।
मनाङ जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गणेश लामा खटिदा मनाङका आम कार्यकर्तामा उत्साह पैदा भएको बताइन्छ । मनाङबासी पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले अभियानका क्रममा युवा नेता गणेश लामाले मनाङ जिल्लाको संगठनलाई सुदृढीकरण गर्न महत्वपुर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।
वडा वडामा खटिएका जिल्ला प्रतिनिधिहरुको नामावली:
१. नार्पाभुमि गाउँपालिका
वडा नं १ ः अम्बर गुरुङ
वडा नं. २ ः महशुस गुरुङ
वडा नं. ३ ः कुञ्चो तेन्जीङ लामा
वडा नं. ४ ः सोनाम घ्याम्चो घले
वडा नं. ५ ः कर्मा लामा
२. चामे गाउँपालिका
वडा नं. १ ः लोप्साङ लामा
वडा नं. २ ः छिरिङ दोर्जे लामा
वडा नं. ३ ः छिरिङ घ्याल्पो लामा
वडा नं. ४ ः महेन्द्र घले
वडा नं. ५ ः अनिता लामा
३ मनाङ निस्याङ गाउँपालिका
वडा नं १ ः अनिल गुरुङ
वडा नं २ ः बामे गुरुङ
वडा नं ३ ः कर्मा घले
वडा नं ४ ः ओङ्ग्याल गुरुङ
वडा नं ५ ः कर्म गुरुङ
वडा नं ६ ः गिता गुरुङ
वडा नं ७ ः अनिल गुरुङ
वडा नं ८ ः धावा गुरुङ
वडा नं ९ ः छवाङ गुर्मे गुरुङ
४. नासोँ गाउँपालिका
वडा नं १ ः सुरेन्द्र गुरुङ
वडा नं २ ः चन्द्र घले
वडा नं ३ ः अनिल गुरुङ
वडा नं ४ ः अबि पुन्देन
वडा नं ५ ः विष्णु लामा
वडा नं ६ ः गम्भिर जङ वि.क.
वडा नं ७ ः पार्वती लामा
वडा नं. ८ ः थम घले
वडा नं. ९ ः यज्ञ घले