भक्तपुर । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सूर्यविनायकले महिला सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दिवसको अवसर पारेर मंगलबार नगर अस्पताल जगातीमा पाठेघरको मुखको क्यान्सर भी आई ए निःशुल्क जाँच गरिएको हो । एक दिने बृहत महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क पाठेघर मुखको क्यान्सर भी आई ए निःशुल्क १ सय २४ जना महिलाको जाँच गरिएको हो ।
अन्तरक्रिया क्रार्यक्रम सम्पन्न
यसै अवसर पारेर नगरपालिकाले एक विषेश अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख बासुदेव थापाले स्थानीय सरकारमा महिलाको सहभागिता विगतको भन्दा राम्रो भएपनि अगामी निर्वाचनमा अझै बढाउनु पर्ने बताए । उपप्रमुख जुना बस्नेतले घरघरबाट महिला हिंसाको अन्त्य गर्नु सबैको दायित्व भएको बताइन् ।