प्रदर्शनका क्रममा तोडफोड भएको पसलको अनुगमन

42

फागुन १०,

काठमाडौं : एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले मंगलबार व्यवसायी श्रेष्ठको पसलको अनुगमन गरेका छन्।एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो। प्रदर्शनकारीहरूले ५ जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो। प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो।अनुगमनमा उनीहरूले पसलमा भएको क्षतिको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिन गृह मन्त्रालयलाई आग्रह गर्ने आश्वासनसमेत दिएका छन्। यसअघि मंगलबारै काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोलीले पनि श्रेष्ठको पसलमा पुगेर क्षतिको विवरण लिएको थियो।