सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन मिति घोषणा गर्न माग

236

माघ २०, २०७८

काठमाडाैं : विभिन्न संघ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।

नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघ संस्थाले आगामी ४ जेठमा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन्।

ती संघसंस्थाले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने जनाएका छन्।