बाल संगठनका अध्यक्ष खड्काद्धारा सेवा घरलाई सहयोग

495

जेठ १६,
भक्तपुर । नेपाल बाल संगठन भक्तपुरका अध्यक्ष राजेश खड्का र उनकी धर्मपत्नी बिनिता कार्की (खड्का)ले मानव कल्याण समाज(सेवा घर)लाई खाद्यन्न सहयोग गरेका छन् । अध्यक्ष खड्का दम्पत्तिले सेवाघरमा रहेका सहारा विहिन जेष्ठ नागरिक बालबालिकाको दैनिकलाई सहज बनाउन सानो सहयोग गरेको बताए । उनले तेल, बिस्कुट, मस्यौरा , मसला, धुलो खुर्सानि बेसार, चिउरा, चिनि, दाल, गेडागुडि र नुनलगायतका सामाग्री मानव कल्याण समाज (सेवाघर)लाई प्रदान गरेका हुन् । कोभिड १९ को विषम परिस्थितिमा मानवीय सेवालाई थप सहज अनि सरल बनाउन सहयोग गरेको भन्दै मानव कल्याण समाजले धन्यवाद दिएको छ ।