जेठ १२,
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, कोभिड १९ संक्रमणका कारण थप १४५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जान संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ। यता, भक्तपुरमा १३१ जना, ललितपुरमा २४१ जना र काठमाडौंमा १ हजार १३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।














