बेलायतमा कोरोनाबाट १ लाख २७ हजारको मृत्यु

45
सांकेतिक तस्विर

चैत २८,
लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको छ भने संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि निरन्तर घट्दै गएको छ । महामारी शुरु भएयता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । बितेको २४ घन्टामा थप ६० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख २७ हजार ४० पुगेको हो । पछिल्लो एक सातामा मृतक संख्यामा २५.८ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा थप तीन हजार एक सय ५० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ६५ हजार ४६१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजारको हाराहारीमा रहँदै आएको छ । संक्रमित संख्यामा पनि गतसाताको तुलनामा ३२२ प्रतिशतले ह्रास आएको हो ।