यसै साताभित्र कक्षा १२ को नतिजा आउने

180

माघ १३,
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।‘नम्बर इन्ट्री र रुजु गर्ने काम सकिएको छ । अहिले विद्यार्थीको हाजिर हेर्ने काम भइरहेको छ’, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अब छिट्टै नतिजा सार्वजनि गछौँ ।’
यसअघि बोर्डले १० माघभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नम्बर इन्ट्रीको काम सकिन समय लागेका नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जनाएको छ ।
‘विद्यालयहरुले विद्यार्थीको विवरण गन्जागोल गरी पठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो’, उनले भने । गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी भएका थिए ।