भक्तपुरमा ओली निकट विद्यार्थी नेता बस्नेतले त्यागे राजनिति

864

पुस २१,
भक्तपुर । केपी शर्मा ओली निकट विद्यार्थी अनेरास्ववियूका एक केन्द्रिय सदस्यले संगठन छोडेको घोषणा गरेका छन् । सूर्यविनायक नगरपालिकाका हरि शरण बस्नेत(हरिस)ले संगठन छोडेको घोषणा फेसबुक मार्फत गरेका छन् । उनी केही दिन अगाडी मात्र केन्द्रिय सदस्य नियुक्त भएका थिए । लामो समय विद्यार्थी आन्दोलनमा रहेकाहरुलाई भन्दापनि नेताका आसेपासेलाई केन्द्रिय सदस्य बनाएको र जिल्लासंग केही समन्वय नगरेकोका आजका मितिदेखि आफु स्वतन्त्र हुने उनले हामीसंगको कुराकानीमा बताएका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु हुदाँ उनी जिल्ला कमिट उपाध्यक्ष थिए । विद्यार्थी राजनितिमा निस्कृय रहेका, विरोधी संगठनबाट अनेरास्ववियूमा प्रवेश गरेका र क्याम्पसको कक्षा कमिटिमा भएकालाई नेताको सिफारीशमा केन्द्रिय कमिटिमा लगिएकोमा मेरो आपत्ति छ, नयाँ नेपाल न्यूजसंग उनले भने । केन्द्रले समन्वय नगरी मनोमानी केन्द्रिय सदस्य बनाएको भन्दै भक्तपुरमा ओली निकट विद्यार्थी नेताहरुमा असन्तुष्टि फैदा भएको छ ।

उनले लेखेको फेसबुक स्टाट्स पढ्नुहोस्: 

”विध्यार्थी राजनितिमा अवसरवादी र द्वचारित्रिक पात्रहरुकाे हालिमुहाली र पहुँच केन्द्रिय तहसम्म ठूलै रहेछ त्यसैले अाजबाट राजनितिक रुपमा नितान्त स्वतन्त्र बस्ने निर्णयमा पुगियाे । अबउपरान्त म कुनै राजनितिक संगठन, बहस वा तर्कवितर्कमा नहुने जानकारी पनि गराउँदछु । अाजसम्म राजनितिक र सांगठानिक रुपमा साथ सहयाेग दिनुहुने सबैमा धन्यवाद ।”
जय देश