पुस १३,
भक्तपुर । ससद विघटनको बिरोध गर्दै नेकपा (प्रचण्ड- माधव) निकट युवा र बिद्यार्थी सगठनले भक्तपुरमा मसाल जुलुस निकालेका छन् । बाराहीस्थानबाट निकालेको मसाल जुलुस राममन्दिर हुँदै नेकपाको पार्टी कार्यालय अगाडि पुगेर समापन गरिएको थियो । सो कार्यक्रमा युवा सघका केन्द्रिय अध्यक्ष राम प्रसाद सापकोटा “दिपशिखा”, युवा सघका नेता दिपक थापा,केन्द्रिय सदस्य दिनेश थपलियालगायतले सम्बोधन गरेका थिए ।
















