वागमती गाउँपालिकाको ‘जनतासँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै

129

मंसिर १९,
ललितपुर । ललितपुरको वागमती गाउँपालिकाले सञ्चालन गरेको ‘जनतासँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अहिलेसम्म करिब एक सय घर परिवारले उक्त कार्यक्रमबाट रोजागार बनेका छन् । स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जनतासँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय तहका नागरिकलाई व्यवसायिक बनाउने उद्देश्यले ल्याइएको जनतासँग अध्यक्ष कार्यक्रमले स्थानीयलाई मकै पिस्ने मेसिने, कृषि औजार पशुपालन, पाँच रोपनीसम्म तरकारी फलफूल खेती गर्ने किसानलाई अनुदान, बाख्रा, कुखुरा, गाई भैसी पालन गर्ने किसानलाई अनुदान लगायतका कार्यक्रमबाट नागरिकलाई व्यवसायिक बनाइएको छ ।

प्रत्यक्ष रूपमा एक सय जना घरपरिवार लभान्विद बने पनि अप्रत्क्ष रूपमा करिब पाँच सय जना नागरिक लाभान्वित बनेको बागमती गाउपाँलिकाले जनाएको छ । “जनतासँग अध्यक्ष कार्यक्रम गाउँका नागरिकलाई व्यवसायिक र सक्षम बनाउने कार्यक्रम हो’ गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले भन्नुभयो “ यो कार्यक्रम स्थानीय नागरिकको सुख दुःखको साथी बनेको छ ।”
पशुपालनका लागि र कृषि कार्यका लागि बैंकबाट ऋण लिएका किसानलाई भने ५० प्रतिशत व्याञ्जमा गाउँपालिकाले अनुदान दिने, पाँच वटा दुनाह भैसीलाई ५० देखि ७५ हजार र पाँच वटा भन्दा माथि भैसी पालन गर्ने किसानलाई एक लाख रूपिँयासम्म अनुदान दिने व्यवस्था गरिएको छ ।
जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी भएपछि अहिलेसम्म सम्पन्न गाउँपालिकाको तीनवटै गाउँसभाले यस कार्यक्रमलाई निरन्तरता दिएको छ । यस कार्यक्रमले जनतासँग गाउँपालिकाका अध्यक्ष प्रत्यक्ष जोडिने भएकाले स्थानीय नागरिकको यस कार्यक्रमप्रति आकर्षण बढेको छ ।

विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउने र स्थानीय किसानले पालेका पशुहरूको बीमा गर्ने लगायतका कार्यक्रम जनतासँग अध्यक्ष कार्यक्रमसँग जोडिएको गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विष्णु तिमल्सिना जानकारी दिनुभयो ।
उहाँका अनुसार विदेशीबाट फर्केका युवाहरूलाई लक्षित गरी पशुपालन, तरकारी खेती, सिलाईबुनाइ लगायतका स्वरोजगारमूलक कार्यक्रम समेत गाउँपालिकाले सञ्चालन गरेको छ ।
प्रत्येक महिना गाउँपालिकाको सातवटै वडामा जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाले गरेका विकास निर्माण, सञ्चालित योजना र बजेट कार्यान्वयनका बारेमा स्थानीय सेवाग्राहीसँग अन्तक्रिया गरिने भएकाले जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बनेको हो ।

“कर्मशिल हात, लगनशिलता र दत्तचित्त भएर कर्म गर्ने हो भने वागमती गाउँपालिकाका स्थानीयलाई रोजागरीका लागि भौतारिनु पर्दैन उहाँले भन्नुभयो “थोरै आफ््नो लगानीमा गाउँपालिकाले थप सहयोग गर्ने भएकाले स्वदेशमै काम गर्छु भन्ने स्थानीयलाई खाली हात बस्नु पर्दैन् ।”
जनतासँग अध्यक्ष कार्यक्रमले योजना सञ्चालन, उपभोक्ता समिति गठन र परिचालन, खर्चको सार्वजनिकीकरण र नियमिति अनुगमन गर्ने कार्यमा सहजिकरण गर्ने कार्य निरन्तरता दिइएको गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले बताउनुभयो ।

गाउँपालिकामा निर्वाचित जनप्रातिनिधि आएपछि पालिकाको सातवटै वडामा सडक सञ्जालले जोडिएको, एक घर एक धारा बनाउने अभियान अन्तिम चरणमा पुगेको गाउँपालिकाको वडा नंं ५ मा रहेको माझखण्डलाई गाउँपालिकाले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागेको, गाउँपालिकाको सबै भन्दा उचाइमा रहेको समथर भू–भाग माझखण्डबाट तराईका फाँटहरू र उपत्यका सहजै देख्न सकिने भएकाले गाउँपालिकाले आन्तरिक र बाह्य पर्यटकीय गन्तव्यको रूपमा माझखण्डलाई अगाडि बढाएको छ ।