नेपालमा कोरोना भाईरसः हालसम्म ४६ हजारलाई संक्रमण, २८ हजारलाई निको भयो, २८९ जनाको मृत्यु

197
सांकेतिक तस्विर

भदौ २१,
काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमतिको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ ।
गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार थप ९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८९ पुगेको हो ।