Saturday, September 26, 2026
Home समाचार नेपालमा कोरोना भाईरसः हालसम्म ४६ हजारलाई संक्रमण, २८ हजारलाई निको भयो,...

नेपालमा कोरोना भाईरसः हालसम्म ४६ हजारलाई संक्रमण, २८ हजारलाई निको भयो, २८९ जनाको मृत्यु

204
सांकेतिक तस्विर

भदौ २१,
काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमतिको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ ।
गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार थप ९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८९ पुगेको हो ।