सीडीओको निर्णयप्रति नगरपालिका फोरमको आपत्ति

435

भदौं १८,
भक्तपुर । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयप्रति उपत्यका नगरपालिका फोरमले आपत्ति जनाएको छ । उपत्यकामा तेस्रो चरणको निषेधाज्ञा आज विहिबारबाट सुरु भएको छ । विहिबार फोरमका उपाध्यक्ष चिरीबाबु मर्हजन (प्रमुख, ललितपुर महानगरपालिका) र सचिव मदन सुन्दर श्रेष्ठ (प्रमुख, मध्यपुरथिमि नगरपालिका)द्धारा जारी विज्ञप्तिमा भनिएको छ, २ बजेदेखि ९ बजेसम्म निर्माण सामाग्रीका पसल खोल्ने निर्णयप्रति ध्यानाकर्षण भएको छ ।
उपत्यकामा कोभिड १९ को संक्रमण र मृत्युदर बढिरहेको सन्र्दभमा उपत्यकालाई भयावह स्थितीबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम काठमाडौंको ठहर छ ।
‘दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकाश निर्माणका पसल÷व्यवसाय संचालन गर्न सकिने’ बुदाँमा गम्भिर ध्यानाकर्षण भएको फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको बैठकबाट गरिएको यस प्रकारको निर्णय निषेधाज्ञाको खासै अर्थ नहुनेदाबी गरिएको छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निषेधाज्ञाका केही प्रवाधान खुकुलो बनाएका थिए । राजधानीमा यहिँ भदौं ४ गतेदेखि निषेधाज्ञा जारी हरेको छ ।