६ घर जलेर नष्ट

244
सांंकेतिक तस्विर

भदौ १८,
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख ९डीआइजी० बसन्तकुमार पन्तले जानकारी दिए ।
बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगो आज बिहान २ बजे नियन्त्रणमा आएको छ । अगलागीबाट भएको क्षतिको विवरण एकिन नभएको प्रहरीले जनाएको छ ।