कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरु

295

भदौ १५,
काठमाडौं । काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछन् । दक्षिणतिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो । २ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बिचका ४ लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो । सडक विभाग अन्तरगत काठमाडौं डिभिजनबाट सडक विस्तारको काम सुरु भएको हो ।

सार्वजनिक यातायातमा जिपिएस जडान र इ—टिकेटिङ सिस्टम लागु गर्ने गरी नीति तर्जुमा भइरहेको उनले बताए । सबैभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले बताए । पूर्ण रुपमा जाम नियन्त्रण गर्न नसकिएपनि २५/३० प्रतिशत जाम कम गर्न सकिने उनले बताए । ६ महिनाभित्र सम्पन्न हुने गरी काम सुरु भएको उल्लेख गर्दै उनले जडिबुटी क्षेत्र आसपासमा रहेका नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने बताए ।