भदौ १३ गते नेकपा सचिवालय बैठक बस्ने

203

भदौ ९,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने तय भएको हो । कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच झण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो । पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।