अछाममा बाढीः ४ शव भेटियो, १७ जना बेपत्ता

104
सांकेतिक तस्विर

भदौ ३,
काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको हो । बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको छ ।बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको उद्धार टोली जाँदै छ । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार टोली रामारोशन पठाउने तयारी गरिरहेको छ । बाढीले बगाउँदा वर्ष ४० का हिक्मत शाही घाइते भएका छन् ।