अपहरणको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

327

साउन ३०,
रामेछाप । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अपहरण तथा शरीर बन्धकको आरोपमा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ गरेको छ । प्रहरीले उनलाई शुक्रबार घरबाटै पक्राउ लिएको हो । स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले जानकारी दिए । खड्का विवादित छवि भएका व्यक्ति मानिन्छन् । तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावनाविपरीत अगाडि बढेको भन्दै नेकपाले गत वर्ष पार्टीको जिल्ला सदस्यलगायत सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।