साउन ३,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक बिबादलाई बिर्सिएर पार्टीसम्बद्ध भक्तपुरका युवा तथा विद्यार्थीले संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार बिहान सूर्यविनायकमा सौहार्दरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको अनेरास्ववियु भक्तपुरका संयोजक सुबास तिम्सिनाले नयाँ नेपाल न्यूजलाई जानकारी दिए । कोभिड १९ र बाढीपीडितका बिरामीलाई रगतको अभाव हुन नदिन नेकपाको जनवर्गीय संगठन गरेको उनको भनाई छ ।
कार्यक्रममा नेकपा भक्तपुर जिल्ला इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य दिलिप प्रजापति ‘भिष्म’, केन्द्रिय सदस्य एवं सांसद महेश बस्नेत त्यसैगरी पार्टीका जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सचिव डिपी ढकाललगायतका नेताहरुसमेत उपस्थित रहेका थिए ।














