Saturday, October 3, 2026
Home समाचार नेपालमा कोरोना संक्रमणः आज ५७ जना संक्रमित थपिए, १०३ जना डिस्चार्ज...

नेपालमा कोरोना संक्रमणः आज ५७ जना संक्रमित थपिए, १०३ जना डिस्चार्ज भए

160

साउन ३,
काठमाडौं । नेपालमा कोरोना संक्रमणः आज ५७ जना संक्रमित थपिएका छन् भने १०३ जना निको भएर घर गएका छन् । बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ । हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ । उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।