भक्तपुर झौलेखबाट आयो दुःखद खबर

762
Bhaktapur District Map

जेठ २६,
भक्तपुर । मिनिट्रक दुर्घटना हुदाँ भक्तपुरमा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने बर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो ।
महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार घटनामा परेर घाइते भएका बा ५ ख ३११ नं. को मिनिट्रकका चालक लाछिवाको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार राती १० बजे चागुँनारायण न.पा. वडा नं. ३ कालीखोला स्थित कालीघाटमा ब्यासीबाट झौखेलतर्फ जादै गरेको महाशक्ति इट्टा भट्टाको मिनिट्रक दुर्घटनामा परेको थियो ।
महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको मोबाईल गस्तीको टोलीले गाडीले नै च्यापिएको अवस्थामा रहेका लाछिवाको क्रेनको सहयोगमा निकालिएको प्रहरीेले जानकारी दिएको छ ।
क्रेनको सहयोगमा गम्भीर घाईते भएका लाछिवालाई डा. ईवामुरा अस्पताल सल्लाघारी पु¥याउदाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।
चालकको लापरवाही तरिकाले तिब्र गतिमा सवारी चलाउदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।