Tuesday, October 20, 2026
Home अर्थ खाडी मुलुकको अर्थतन्त्र थला पर्दैः नेपालमा गरिबी र बेरोजगारी भयावह बन्‍ने संकेत

खाडी मुलुकको अर्थतन्त्र थला पर्दैः नेपालमा गरिबी र बेरोजगारी भयावह बन्‍ने संकेत

695

बैशाख २१,
काठमाडौं । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ शून्य डलरमा झरेको छ। तेलको भाउ शून्य डलरमा झर्दा विश्‍वमा आर्थिक संकट पनि चुलिँदै गएको छ। तेलमै निर्भर धेरै देशमा रहेका नेपालीहरूले त्यसको खराब नतिजा भोग्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) बाट धानिएको देशको अर्थतन्त्र नै लामो समयसम्म धर्मराउने पक्कापक्की जस्तै छ। देशभित्र रोजगारीको अवसर नहुने र प्रमुख श्रम गन्तव्यसहित सारा विश्‍वकै अर्थन्त्र शिथिल हुने अवस्थाले अब नेपालमा गरिबी र बेरोजगारी दर भयावह बन्‍ने जोखिम देखिएको छ। बजेट कटौती गर्ने साउदीको घोषणा नेपालीहरुको प्रमुख श्रम गन्तव्य साउदी अरेबियाले बजेट खर्चमा भारी कटौती गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणका कारण अर्थव्यवस्थामा पुगेको नोक्सानी कम गर्न कडा र अप्रिय फैसला गर्नुपर्ने अवस्था आएका त्यहाँका वित्तमन्त्री मोहम्मद अल जदानले बताएका छन्। यो संकटबाट पार पाउन सबै विकल्प खुला राखिएको उनले बताएका हुन्। शनिबार अल अरेबिया टेलिभिजनलाई दिएको एक अन्तरवार्तामा वित्तमन्त्री अल जदानले बजेट खर्चमा कटौतीँगै वित्तीय मामिलामा पनि कडाई गरिने उल्लेख गरेका छन्। उनका अनुसार साउदीले अब देशभित्र सञ्चालित मेगा परियोजनाको खर्चमा पनि भारी कटौती गर्दैछ। विश्‍वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरेबिया हाल तेलको मूल्यमा भएको ऐतिहासिक गिरावटका कारण चिन्तित छ।
त्यहाँको अर्थव्यवस्थामा यो गिरावटले सीधा असर गरेको छ। नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२० मा उल्लेखित तथ्यांकअनुसार यतिखेर मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेत गरी पाँच राष्ट्रले मात्रै नेपालको कुल श्रम आप्रवासनको ८८ प्रतिशत ओगटेका छन्। अघिल्लो वर्षदेखि नै जोखिम श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले तयार गरेको प्रतिवेदनका तथ्यांक केलाउँदा वैदेशिक रोजगारका लागि प्रमूख गन्तव्य मुलुकहरूले ओगट्ने कुल श्रम आप्रवासनको दर घटिरहेको थियो। थाहा खबरबाट