अविवाहित युवतीले जो क्वारेन्टाइनमा बसेकी थिइन् जन्माइन् मृत शिशु

117

बैशाख ११,
ओखलढुंगा । उदयपुरको त्रियुगा नगरपालिका २ बाट एक युवती गत चैत्र ९ गते ओखलढुंगा आइपुगिन् । मोलुङ गाउँपालिकाकी ती युवती ९ गते बेलुकाबाटै रामपुरमा रहेको महिला क्वारेन्टाइनमा बस्न थालिन् । उमेर १६ वर्ष बताउने ती युवती क्वारेन्टाइनमा बस्न आउँदा अनुहारमा मलिनता र बिरामी जस्तो देखिन्थिन् । उनलाई क्वारेन्टाइनमा खटिने महिला स्वास्थ्यर्मीले आराम गर्न भनेपछि त्यो रात उनले क्वारेन्टाइनमै आराम गरेर बिताइन् । भोलिपल्ट दिउँसो उनलाई एक्कासी पेट दुख्न थाल्यो । एकैछिनमा शरीरबाट रगत बग्न थाल्यो र त्यहाँ खटिएका स्वास्थाकर्मीहरुले गाडीमार्फत अस्पताल पठाउने तयारी गर्दागर्दै शौचालयमा गएर उनले मृत शिशु जन्माइन् । अविवाहित युवतीले मृत शिशु जन्माएपछि त्यहाँ रहेका सबै कर्मचारीहरु आश्चर्य चकित भए ।

‘बच्चा हेर्दा करिब ६ महिना जतिको देखिन्थ्यो’ गाउँपालिकाका स्वास्थ्य संयोजक बेदहरि दाहालले भने । उनले बच्चाको अवस्था हेर्दा युवतीको पेटभित्रै दुई दिनदेखी बच्चा मरेको हुनसक्ने अनुमान गरे । त्यसपछि मृत बच्चालाई प्रहरीले सर्जिमिन मुचुल्का गरी पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटार पठायो भने महिलालाई उपचारका लागी ओखलढुंगा सामुदायिक अस्पतालमा राखियो । तर जिल्ला अस्पतालले उक्त मृत शिशुको पोष्टमाटम गरेको छैन । तर ती युवतीले उक्त शिशु कसरी भयो भनेर आफुलाई थाहा नभएको बताइन् । उनले उदपुरबाट घर आउन हप्तादिन अघिमात्रै एकजनाले औषधी दिएको बताइन् । उनी ७ महिनादेखी उदयपुरमा बस्दै आएकी थिइन् । उनको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा आईशोलेसनमा राखेर उपचार भैरहेको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको अस्पतालका निर्देशक युवराज आचार्यले बताए ।

उनले जन्माएको मृत बच्चाको भने कोरोना त्रासका कारण जिल्ला अस्पताल रुम्जाटारले पोष्टमाटम गरेको छैन । ‘युवती कोरोना फैलिएको छेत्रबाट ९ गतेमात्रै जिल्ला आएको बुझियो, उनको कोरोना परीक्षण पनि भएको छैन,यस्तो अवस्थामा हामीले कसरी उनले जन्माएको बच्चाको पोष्टमाटम गर्नसक्छौ रु’ अस्पतालका सूचना अधिकारी उमा गुरुङले भनिन् । युवतीको कोरोना परीक्षणपछि मात्र बच्चाको पोष्टमाटम गरिने उनले दोहो¥याईन् । उक्त बिषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख रुपेश खड्काले अनुसन्धान भैरहेको प्रतिकृया दिए । ‘यो गम्भीर अपराध हो, अहिले उनी (युवती)अस्पतालमा उपचाररत छिन् उनको डिस्चार्जपछि थप सोधपुछ गरिनेछ’ खड्काले भने । -रातोपाटीबाट