नयाँ वर्ष २०७७ सालको शुभकामनाः घरमै बसौं, कोरोनालाई परास्त गरौं

329

बैशाख १,
काठमाडौं । वि.स २०७७ सालको पहिलो दिन आज । वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्ष २०७७ को पहिलो दिन । कोरोना भाइरसको प्रकोपका कारण यस वर्षको नयाँ वर्ष केही खल्लो हुने भएको छ । गएका वर्षहरुमा एक अर्कालाई उपहार दिएर, मिठो खानेकुरा खाएर, घुम्न गएर नयाँ वर्ष मनाउने गरिए पनि कोरोनाका कारण यस वर्ष घरमै बसेर धेरैले नयाँ वर्ष मनाऔं, कोरोनालाई परास्त गरौं ।

तर नयाँ वर्ष बनाउने बहानामा एक अर्काको नजिक हुने, भिडभाड गर्ने जस्ता काम नगर्न सरकारले आग्रह गरेको छ ।नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना दिएका छन् । कोरोनाको महामारीलाई जित्न दृढ सङ्कल्पका साथ सकारात्मक सोच राख्न उनीहरुको आग्रह छ ।

यस्तै लकडाउनलाई पूर्ण पालना गर्दै क्वरेण्टीनमा बस्न पनि आग्रह गरिएको छ । मानव जातिले आदिमकालदेखि नै प्राकृतिक र मावन सिर्जित विभिन्न विपद्सँग लड्दै र त्यसमाथि विजय हासिल गर्दै आएको र यस पटक पनि कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प, त्यही अनुसारको व्यवहार र आवश्यक क्रियाशीलतासहित आपसमा शुुभकामना आदान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन् ।

हामी नयाँ नेपाल न्यूज तर्फको बाटपनि ‘नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।’