नेकपाको सचिवालय बैठक सुरु

87

चैत २५,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । भौतिक उपस्थितिसहितको सामाजिक दूरीका साथ मंगलबार बेलुका बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूका बारेमा बैठकलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

स्वास्थ्य सामग्री खरिद र सरकारका पछिल्ला निर्णयबारे पार्टीभित्र निकै असन्तुष्टि बढेपछि तत्काल डाकिनुपर्ने माग रहेको थियो । लकडाउनका बीच सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पार्टी नेताहरूले सचिवालय बैठक बसाएर स्पष्ट बनाउन ओलीलाई आग्रह गरेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएपछि नेताहरूले पार्टीमा स्पष्ट पार्नुपर्ने माग राखेका छन् ।