फागुन २४,
काठमाडौं । शनिबार बिहादेखि देशभरको मौसम खराब भइरहेको छ । केही दिनको मौसम यस्तो रहेको छ । हेर्नुहोस्
मौसम पूर्वानुमान बुलेटिन: हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।हाल देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू-भागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २४ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
फागुन २५ गते (आइतबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन २६ गते (सोमबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।