वुहानमा रहेका ६ नेपालीमा कोरोना !

221

फागुन ४, काठमाडौँ । चीनको बुहानमा रहेका ६ नेपाली नेपाल फर्किनबाट बञ्चित भएका छन् । बुहान विमानस्थलमा चेकजाँचको क्रममा ६ जनाको स्वास्थ्य प्रतिकूल देखिएपछि विमानस्थलले नेपाल फर्कन उनीहरुलाई रोक लगाएको बताइएको छ । 
नेपालबाट बुहान पुगेको नेपाल एयरलाइन्सको विमानमा नेपालीहरु चढिसक्दा उनीहरुले विमान चढ्ने अनुमति पाएका छैनन् । 

बेइजिङस्थित नेपाली दूतावासले ४ जना नेपाली स्वदेश फर्किन नचाहेको र  ६ जना नेपालीलाई भने चेकजाँचका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि विमान चढ्नबाट रोकेका जनाएको छ । ६ जनामा कोरोनाको आशंका देखिएकाले उनीहरुलाई रोकेको बताइएको छ ।