Saturday, October 3, 2026
Home राजनीति भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्ः गगन थापा

भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्ः गगन थापा

318

पुस २४,
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप लगाएका छन् । प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा आयोजना विरोधसभामा बोल्दै नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताए । ‘विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन् । विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे । -ratopati